गृहपृष्ठ काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं उपत्यका प्रवेश गर्ने नाका सिल गर्न गृह मन्त्रालयको निर्देशन

अत्यावश्यक काम परे आरडीटी रिपोर्ट अनिवार्य

गृह मन्त्रालयले अत्यावश्यक कामबाहेक अन्य प्रयोजनमा काठमाडौं उपत्यका प्रवेश निषेध गर्ने निर्णय गरेको छ । अत्यावश्यक कामले काठमाडौं उपत्यका प्रवेश गर्नुपरे आरडीटी परीक्षणको रिपोर्ट पेश गर्नुपर्ने भएको छ ।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न आग्रह गरेको छ । गृहले उपत्यकाका सबै स्थानीय तहलाई सोसम्बन्धी निर्देशन दिएको छ ।

उपत्यका प्रवेशमा कडाइ गर्न प्रवेश नाकामा पर्ने स्थानीय तह र काठमाडौं उपत्यकाका स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गर्न गृहले आग्रह गरेको हो । ‘नाका प्रवेशका स्थानीय तहहरु लगायत काठमाडौं उपतयकाका सबै स्थानीय तहहरुले स्थानीय प्रशासनसँग समन्वय गरी आ-आफ्नो क्षेत्रामा रहेका होटल, पार्टी प्यालेस, सामुदायिक भवन र अन्य सम्भाव्य स्थलहरुलाई क्वारेन्टिनमा बस्ने व्यक्ति स्वयंले क्वारेन्टिन खर्च भुक्तानी गर्ने गरी सम्भावित क्वारेन्टिन (होल्डिङसमेत) प्रयोजनका लागि लगत संकलन र अन्य व्यवस्थापनको कार्य अगाडि बढाउने,’ गृहको पत्रमा उल्लेख छ ।

‘काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा बढी जनघनत्व भएका काठमाडौं उपत्यका क्षेत्र बढी जोखिम रहेको देखिँदा अत्यावश्यक काममा बाहेक उपत्यका प्रवेश निषेध गर्ने । आगमनको स्रोतमै रोक्ने । काठमाडौं उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजनमा बाहेक पूर्ण रुपमा सिल गर्ने । लुकिछिपी हुने प्रवेशहरु पूर्ण रुपमा रोक्ने,’ सम्बिन्धत स्थानीय तहलाई भनिएको छ ।

प्रकाशित समय १५:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु