गृहपृष्ठ थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

थप ९ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४५३ पुग्यो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ९ मा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै  नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ४५३ पुगेको छ । यसमध्ये ४९ जना निको भएर घर फर्केका छन् ।

झापाका ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।हालसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ र पीसीआरबाट ३८ हजार ७ सय ३६ परीक्षणहरु गरिएका छन् ।

कोरोना संक्रमणबाट नेपालमा ३ जनाको मृत्यु भइसकेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक र  गुल्मीमा एक जनाको मृत्यु भएको हो ।

प्रकाशित समय १६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु