गृहपृष्ठ आइसोलेसनबाटै भागे कोरोना संक्रमित
आइसोलेसनबाटै भागे कोरोना संक्रमित
प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचाररत कोरोना संक्रमित बिरामी शनिबार मध्यराति भागेका छन् । सर्लाही, धनकौलका ४५ वर्षीय ती पुरुष मानसिक रोगीसमेत रहेको अस्पतालले जनाएको छ ।
उनको खोजी भइरहेको प्रादेशिक अस्पताल जनकपुरअन्तर्गत कोरोना विशेष अस्पतालका फोकल पर्सन डा. कुलदीप पण्डितले बताए । १४ दिनदेखि आइसोलेशनमा बस्दै आएकोले उनको स्वाब संकलन गर्ने तयारी भइरहेको अस्पतालले जनाएकाे छ । यसअघि पनि उनी आइसोलेसनबाट भागेर सर्लाही पुगेका थिए ।
अस्पतालमा ७ जना प्रहरी खटिएका थिए । आइसोलेसन कक्षमा रहेको सीसीटीभी क्यामेरा बटारेर उनी फरार भएको अस्पतालले बताएकाे छ ।
प्रकाशित समय १३:२३ बजे

















