गृहपृष्ठ थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार बिहान थप ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले दिएको जानकारी अनुसार देशका विभिन्न प्रयोगशालामा भएका परीक्षणमा नयाँ संक्रमित पुष्टि भएका हुन् । नयाँ संक्रमित हुनेमा बारा र रौतहटका धेरै छन् ।
सोमबार संक्रमण पुष्टि हुनेमा धनुषाको नगराइन- ३ का ३०, ३१ र ४५ वर्षका पुरुष, कपिलवस्तुको शिवराज नगरपालिका- ४, ५ र ६ का १९, २० र २३ वर्षका पुरुष, काठमाडौँको टोखा- ३ र ६ तथा बुढानिलकण्ड- ३ का २७, ४१ र ३७ वर्षका पुरुष, सप्तरीको डाक्नेधरी गाउँपालिकाका २२ र ३४ वर्षका पुरुष रहेका छन् ।
रौतहटका २६ तथा बाराका २३ जनामा संक्रमण पुष्टि भएको हो । रौतहटको फरदहवा- २, ६ र ८ तथा इशनाथ- २ का १८ देखि ५३ वर्षसम्मका २६ पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै बाराको गढीमाइ नगरपालिकाका १८ देखि ५० वर्षसम्मका २१ पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै बाराको कलैया- १ कोटवालीका २५ र ३२ वर्षका पुरुषमा पनि संक्रमण देखिएको छ ।
यस्तै बर्दियाको बासगढी- ९ का २५ वर्षे युवा, बाँकेको दुधवा- २ र राप्ती सोनारी- ७ का १६ देखि २४ वर्षका चार युवा तथा दैलेखको चार युवा र एक युवतीमा संक्रमण पुष्टि भएको हो ।
प्रकाशित समय ११:१९ बजे

















