गृहपृष्ठ भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको मृत्यु

भरुवा बन्दुक पड्किँदा ८ वर्षीय बालकको मृत्यु

सांकेतिक तस्बिर ।

जुगल गाउँपालिका- २, किप्चेमा भरुवा बन्दुक पड्किँदा आइतबार दिउँसो एक जनाको मृत्यु भएको छ । भरूवा बन्दुकको गोली  लागेर स्थानीय छबिलाल स्याङ्बोको छोरा ८ वर्षीय आयुष स्याङ्बोको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने १२ वर्षीय बालकले आफ्नो घरमा लोड गरी राखेको भरुवा बन्दुक झिकी आयुषको घरमा लगी खेल्ने क्रममा अचनाक पड्किँदा आयुषको घट्नास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र प्रहरी चौकी तेम्बाथानबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त भरुवा बन्दुक बरामद गर्नुका साथै बन्दुकका धनीलाई नियन्त्रणमा लिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएकाे छ ।

प्रकाशित समय १८:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु