गृहपृष्ठ विश्वभर कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या घट्दै, संक्रमणको वृद्धिदर भने घटेन

विश्वभर कोभिड १९ बाट ज्यान गुमाउनेको संख्या घट्दै, संक्रमणको वृद्धिदर भने घटेन

अमेरिकामा मृतकको संख्या एक लाखनजिक पुग्यो

विश्वभर कोरोनाभाइरस (कोभिड १९)बाट ज्यान गुमाउनेको संख्या घट्दै गएको छ । केही दिनअघिसम्म दैनिक ६ हजारसम्मले ज्यान गुमाउँदै आएकोमा अहिले तीन हजार हाराहारीमा झरेको हो ।

बितेका २४ घण्टामा तीन हजार ९६ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या उल्लेख्य घटेको छ । विगतमा दैनिक २ हजार ७ सयसम्म ज्यान गुमाइरहेको अमेरिकामा मंगलबार २४ घण्टाको अवधिमा ५०५ जनाले मात्र ज्यान गुमाए । अमेरिकामा मृतकको संख्या ९९ हजार ८०५ पुगेको छ ।

संक्रमण दर भने उस्तै छ । २४ घण्टामा ९० हजार १३८ नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा १९ हजार, ब्राजिलमा १३ हजार, रुसमा ८ हजार र भारतमा ६ हजार नयाँ संक्रमित थपिएका छन् । भारतमा संक्रमण र मृत्यु दुवैको वृद्धिदर उस्तै छ । भारतमा २४ घण्टामा १४८ जनाको ज्यान गएको छ ।

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु