गृहपृष्ठ राष्ट्रिय युवा परिषदमा फेरि पनि ढुंगेल

राष्ट्रिय युवा परिषदमा फेरि पनि ढुंगेल

Madhav Dhungal newskarobar (3)

राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षमा माधवप्रसाद ढुंगल फेरि नियुक्त भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकले ढुंगेललाई चार वर्षका लागि परिषदको उपाध्यक्ष नियुक्त गरेको हो ।

यसअघि उनी २०७२ फागुन १९ गते चार वर्षका लागि नियुक्त भएका थिए । उनको कार्यकाल फागुन १८ गते सकिएपछि परिषद्का कार्यकारी उपाध्यक्षको पद खाली थियो ।

युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा गठित दुई विज्ञसहितको सिफारिस समितिले नियुक्तिका लागि सिफारिस गरेको थियो । ढुंगेल तत्कालीन नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुका पूर्व केन्द्रीय अध्यक्ष हुन् । सरकारले २०७२ सालमा युवा क्षेत्रमा काम गर्ने भनेर परिषद् गठन गरेको हो ।

प्रकाशित समय ०७:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु