गृहपृष्ठ क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु

क्वारेन्टिनमा बसेकी महिलाको मुत्यु

death-newskarobar

ऐरावती गाउँपालिका वडा नं ६ स्थित बिजुली जनता माध्यमिक विद्यालयमा निर्मित क्वारेन्टिनमा बसेकी महिलाको मंगलबार मुत्यु भएको छ । मल्लरानी गाउँपालिका वडा नं ४, गहतेराकी २६ वर्षीया महिलाको निधन भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

उनी लामो समयदेखि भारतमा ब्रेन ट्युमरको समस्याबाट पीडित भएको प्रहरीले जनाएको छ । शव के गर्ने भन्ने विषयमा प्रहरीको टोली घटनास्थलमा पुगेको पौडेलले बताए । महिलासँगै उनका श्रीमान, भाइ र छोराछोरीसहित यही जेठ ८ गते नेपाल आएको र उनीहरुलाई एउटै कोठामा राखिएको थियो ।

परिवारका पाँच सदस्यको कोरोना आरडीटी भइरहेको ऐरावती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख राममाया गुरुङले बताइन् । ‘रिपोर्ट नेगेटिभ आएमा सदस्यलाई छाडिदिने छौँ,’ स्वास्थ्य शाखा प्रमुख गुरुङले भनिन् । (रासस)

प्रकाशित समय १४:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु