गृहपृष्ठ गरिबी १६.६ प्रतिशतमा झरेको सरकारको दाबी

गरिबी १६.६ प्रतिशतमा झरेको सरकारको दाबी

Economic Survey_NewsKarobar

सरकारले चालू आर्थिक वर्षमा नेपालमा गरिबीको रेखामुनि रहेको जनसंख्या १६.६ प्रतिशतमा झरेको दाबी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संसदसमक्ष पेश गरेको आर्थिक सर्वेक्षणमा गरिबी घटेको दाबी गरिएको हो ।

‘आर्थिक वर्ष २०७४/७५ का अन्त्यसम्म १८.७ प्रतिशतमा रहेको निरपेक्ष गरिबीमुनिको जनसंख्या २०७६/७७ मा करिब १६.६७ प्रतिशत रहने अनुमान छ,’अर्थमन्त्री डा.  खतिवडाले भने ।

चालू वर्षमा कोरोना भाइरस संकटका कारण गरिबीको रेखामुनि रहेका जनसंख्या अझ बढ्ने प्रक्षेपण भइरहेका बेला सरकारले भने त्यसका उल्टो नतिजा देखाएको छ ।

‘

प्रकाशित समय १४:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु