गृहपृष्ठ थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

थप ९० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ७७२ पुग्यो

पछिल्लो २४ घण्टाभित्र विभिन्न जिल्लामा थप ९० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न जिल्लामा थपिएका ९० जनासहित कुल संक्रमितको संख्या ७ सय ७२ पुगेको जानकारी दिए ।

प्रवक्ता डा. देवकोटाका अनुसार काठमाडाैंस्थित राष्ट्रिय जनस्वास्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जना, भेरी अस्पतालमा ८ जना, प्रादेशिक प्रयोगशाला रुपन्देहीमा ७ जना, सेती प्रयोगशालामा २ जना, पोखरामा २ जना, सुर्खेतमा १२ जना र दाङमा गरिएको परीक्षणमा २४ जना संक्रमित थपिएका हुन् ।

यसैगरी महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, बाराका ३, रौतहटका २२, सिराहाका ५, धनुषाका १, बाँकेका ८, कपिलवस्तुका २६, अर्घाखाँचीका २, गुल्मीका २, रुपन्देहीका १, कैलालीका १, अछामका १, स्याङ्जाका २ र सुर्खेतका १२ गरी ९० जना संक्रमित थपिएका हुन्।

अहिलेसम्म नेपालमा १५५ जना कोरोना संक्रमित उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४३ जना डिस्चार्ज भएका छन् । हालसम्म १२४ जना पुरुष र ३१ जना महिला कोरोनालाई जितेर अस्पतालबाट घर फर्किएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

नेपालमा हालसम्म चार जना कोरोना संक्रमितको भने मृत्यु भएको छ ।

प्रकाशित समय १६:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु