गृहपृष्ठ छोरी बलात्कारको आरोपमा पक्राउ, आमाले दिएकी थिइन् उजुरी
छोरी बलात्कारको आरोपमा पक्राउ, आमाले दिएकी थिइन् उजुरी
छोरी बलात्कार प्रयासको आरोपमा सिन्धुपाल्चोकको मेलम्चीका ४३ वर्षीय पुरुष पक्राउ परेका छन् । छोरीलाई विगतदेखि नै पटक-पटक बलात्कार प्रयास गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा उजुरी दिएकी थिइन् ।
सोही उजुरीको आधारमा बुधबार बालिकाका ती पुरूषलाई प्रहरीले घरबाटै पक्राउ गरेको इलाका प्रहरी कार्यालय मेलम्चीका इन्स्पेक्टर फलबहादुर तामाङले जानकारी दिए ।
निजको थप अनुसन्धान भइरहेको र आरोप प्रमाणित भएमा उनलाई जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइने इन्स्पेक्टर तामाङले जानकारी बताए । (रासस)
प्रकाशित समय २२:५८ बजे

















