गृहपृष्ठ कर्णालीमा दैलेखका थप ८ जनामा कोरोना पुष्टि
कर्णालीमा दैलेखका थप ८ जनामा कोरोना पुष्टि
कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।
बिहिबार कर्णाली प्रदेश अस्पताल सुर्खेत र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको हो । कोरोना पोजेटिभ हुनेहरुमा दैलेख जिल्ला नारायण नगरपालिका १ का २६ वर्षीय पुरुष, वडा नं ३ का १९, ३०, ३६ र ४० वर्षका पुरुष मा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै नारायण नगरपालिका ४ का १ वर्षीय बालक र २० वर्षीय महिला तथा नारायण नगरपालिका ५ का १७ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले जानकारी दिए । उनका अनुसार कर्णालीमा जम्मा संक्रमितको संख्या ४६ पुगेको छ ।
प्रकाशित समय १३:२२ बजे

















