गृहपृष्ठ सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ३ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीको प्रयोगशालामा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार दुई जना कैलाली र एकजना दार्चुलाका पुरुषमा कोरोना पुष्टि भएको हो । नयाँ संक्रमित तीनै जना भारतबाट आएको खुलेको छ । उनीहरु दुई जना त्रिनगर र खक्रौला तथा दार्चुलाका संक्रमित जिल्लाकै नाकाबाट स्वदेश फर्किएको खुलेको हो ।

संक्रमितमध्ये कैलालीको जानकी गाउँपालिकाका २५ र ३० वर्षीय पुरुष हुन् । दुवै कैलालीको जानकी गाउँपालिका- १ मा रहेको सरस्वती माविको क्वारेन्टिनमा थिए । अर्का संक्रमित दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर ५ का २१ वर्षीय पुरूष रहेको छन् । उनी दार्चुलामै छन् ।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमतिको संख्या २० पुगेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएको हो । यसमध्ये पाँच जना संक्रमित भने कोरोनालाई जितर घर फर्किएका छन् ।

प्रकाशित समय १३:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु