गृहपृष्ठ लुटिनबाट बच्यो एनआइसी एसिया बैंकको एटीएम
लुटिनबाट बच्यो एनआइसी एसिया बैंकको एटीएम
प्रहरीले बेलैमा थाह पाएपछि एनआइसी एसिया बैंकको मध्यपुर ठिमी नगरपालिकामा रहेको एउटा एटीएम मेसिन लुटिनबाट बचेको छ ।
मध्यपुर ठिमी नगरपालिकाको ६ बाहखा बजारस्थित सो बैंकको एटिएम लकडाउनका माैका छोपेर फुटाउँदै गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले अपराधीलाई प्रकाउ गरेको हो ।
सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुर ठिमी नगरपालिका-६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई एटीएम फुटाउँदै गरेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
तामाङको साथबाट मेशिन फुटाउन प्रयोग गरेको ह्याम्बर १ थान, स्क्रु १ थान, एटीएम मेसिनको बाहिरी कभर र रोलर (डण्डी) प्रहरीले बरामद गरेको भएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित समय १८:१३ बजे

















