गृहपृष्ठ म्याग्दीका संक्रमितसँग आएकाहरू बेपत्ता

म्याग्दीका संक्रमितसँग आएकाहरू बेपत्ता

Bepatta_NewsKarobar

म्याग्दीका कोरोना संक्रमिसगै आएका ६ जना सम्पर्कविहीन भएका छन् । उनीहरू एउटै बसमा जेठ ९ गते भैरहवाको नमुना माविबाट आएका थिए ।

उक्त बसमा सवार २३ जनामध्ये ६ जना हराएका हुन् । संक्रमितसँगै आएका ६ जना हराएपछि स्वास्थ्य निर्देशनालय गण्डकीले तीब्र खोजी कार्य थालेको जनाएको छ ।

बसमा आएका २ जना पोखराको पुरानो बसपार्कमा झरेको जनाइएको छ भने लमजुङका ३ जना डुम्रेमा र गोरखाका १ जना आँबुखैरेनीमा ओर्लिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

६ जिल्लामा २४ जना संक्रमित फेला

गण्डकी प्रदेशका विभिन्न ६ जिल्लामा नोबेल कोरोना पोजिटिभ भेटिएको छ । आइतबार मात्रै प्रदेशभरका ११ मध्ये ६ जिल्लामा कोरोना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

संक्रमित ६ जिल्लामध्ये बागलुङ, स्याङजा, म्याग्दी, तनहुँ, नवलपुर र लमजुङका हुन् । स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माका अनुसार बागलुङमा सबैभन्दा धेरै ८ जना, स्याङजामा ७ जना, नवलपुरका ६, लमजुङका १, म्याग्दीका १ र तनहुँका १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रकाशित समय १७:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु