गृहपृष्ठ विश्वभर २४ घण्टामै थपिए एक लाख ३० हजार कोरोनाका बिरामी, संक्रमितको संख्या ६८ लाख नाघ्यो

विश्वभर २४ घण्टामै थपिए एक लाख ३० हजार कोरोनाका बिरामी, संक्रमितको संख्या ६८ लाख नाघ्यो

भाइरसका कारण ज्यान गुमाउनेको संख्या ४ लाख नजीक, तीस लाख ९७ हजारको उपचार हुँदै

विश्वभर कोरोना संक्रमितको संख्या ६८ लाख नाघेको छ । एकै दिनमा एक लाख ३० हजार ५२९ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६८ लाख नाघेको हो ।

विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर ६८ लाख ४४ हजार ७०५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै भाइरसकै कारण ज्यान गुमाउनेको संख्या तीन लाख ९८ हजार नाघेको छ । चीनको वुहानबाट जनवरी २२ देखि सुरु भएको भाइरस विश्वका २१५ देशमा पुगेको छ ।

वर्ल्डोमिटरको तथ्यांकअनुसार कुल संक्रमितमध्ये ३३ लाख ४८ हजार ८३१ जनाको सफल उपचार भइसकेको छ भने ३० लाख ९७ हजारको उपचार भइरहेको बताइएको छ । उपचाररतमध्ये पनि ५३ हजार ६१३ जनाको अवस्था चिन्ताजनक रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या २० लाखको नजीक पुगेको छ । शनिबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या १९ लाख ६५ हजार ७०८ पुगेको हो । त्यस्तै एक लाख ११ हजार ३९० जनाको ज्यान गएको छ । अमेरिकी स्वास्थ्य विभागका अनुसार संक्रमितमध्ये सात लाख ३८ हजारभन्दा बढी व्यक्तिको सफल उपचार भएको छ भने ११ लाख १५ हजारभन्दा बढीको उपचार भइरहेको छ ।

कोरोनाको प्रकोप फैलिएको अमेरिकापछि ब्राजिल देखिएको छ । ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार व्यक्तिमा कोरोना देखिएको छ भने ३५ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका छन् । त्यस्तै तीन लाख दुई हजारभन्दा बढीको सफल उपचार भएको छ भने बाँकीको उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित समय ०८:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु