गृहपृष्ठ संक्रमित संख्या ४ हजार नाघ्यो, थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
संक्रमित संख्या ४ हजार नाघ्यो, थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टाभित्र ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये २९२ जना पुरुष र ३१ महिला रहेका छन् । थपिएकासहित अब संक्रमितको संख्या ४०८५ पुगेको छ ।
यस्तै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको मंगलबार मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । पछिल्लो २४ घण्टामा भरतपुर अस्पतालमा उपचाररत रहँदा मृत्यु भएका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म कोरोनाको उपचार गराएर ५८४ जना डिस्चार्ज भएको पनि प्रवक्ता गौतमले जानकारी दिए । उनीहरु मध्ये ५०७ जना पुरुष र ७७ जना महिला रहेका छन् ।
नेपालमा कोरोना संक्रमण फैलिएको जिल्लाको संख्या ७२ पुगेको छ । मन्त्रालयका अनुसार मंगलबार इलाममा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् ।
प्रकाशित समय १६:२७ बजे

















