गृहपृष्ठ कटुवा पेस्तोलसहित पक्राउ

कटुवा पेस्तोलसहित पक्राउ

फाइल तस्बिर ।

गुजरा नगरपालिका- ८ का ४० वर्षीय कर्मुल्लाह अन्सारीलाई १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने लाइभ गोली २ राउन्डसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वृन्दावन नगरपालिका- ६, जयपुर हर्षाहा सडकमा हतियारको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीलाई देख्नासाथ अन्सारी भागेकाले नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त हतियार सहित फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित समय १७:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु