गृहपृष्ठ लद्दाखमा चिनियाँ-भारतीय सैनिकबीच झडप : २० जना भारतीय सैनिकको ज्यान गयो

लद्दाखमा चिनियाँ-भारतीय सैनिकबीच झडप : २० जना भारतीय सैनिकको ज्यान गयो

तस्बिर : दैनिक भाष्कर

लद्दाखमा मंगलबार चिनियाँ र भारतीय सैनिकबीच झडप हुँदा २० जना भारतीय सैनिकको ज्यान गएको छ । भारत र चीनको विवादित सीमा क्षेत्र लद्दाखको गलवानमा भिडन्त हुँदा ज्यान भारतीय सैनिकको संख्या बढ्न सक्ने बताइएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले भारतीय सेनालाई उद्धृत गर्दै १५ र १६ जुनमा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको जनाएको छ ।

भारतीय सञ्चार संस्था दैनिक भास्करका अनुसार लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप भएको र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण ज्यान जाने गरेको छ ।

पछिल्लो ४१ दिनदेखि तनाव भइरहेको लद्दाखमा भारतीय सेनाका कर्णेल (१६ बिहार रेजिमेन्टका कमान्डिङ अफिसर कर्णेल) सन्तोष बाबू, हवलदार पालानी र सिपाही कुन्दन झा सामेल छन् । अन्यको नाम सार्वजनिक भएको छैन ।

प्रकाशित समय ०६:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु