गृहपृष्ठ ‘मबाहेक सबै भ्रष्ट छन्’ भन्ने भ्रम त्यागौं : प्रधानमन्त्री

‘मबाहेक सबै भ्रष्ट छन्’ भन्ने भ्रम त्यागौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले ‘मबाहेक सबै भ्रष्ट छन्’ भन्ने भ्रम त्याग्न आग्रह गरेका छन् । पछिल्लो समय नेपालीहरूमा ‘मबाहेक सबै भ्रष्ट छन्’ भन्ने किसिमको भ्रम व्याप्त रहेको उनले टिप्पणी गरेँ ।

बिहीबार राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नका जवाफ दिँदै प्रधानमन्त्री ओलीले जन्मिने जति सबै भ्रष्ट स्वभावका र भ्रष्टाचारीमात्रै नहुने बताए । ‘मैले पहिल्यै भनेको छु । म पनि भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ,’ उनले भने, ‘सार्वजनिक चासोका कुराहरूमा शंका लागे पनि, शंका नलागे पनि हिसाबकिताब चुस्त दुरूस्त हुनुपर्छ । यसको जाँच गर्ने निकायले जाँच गर्छ ।’

‘ओहदामा बसेकाहरूको जसरी हुन्छ चरित्र हत्या गराउँ’ भन्ने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो ।

 

प्रकाशित समय १५:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु