गृहपृष्ठ स्थानीय तह र जनप्रतिनिधिलाई हार्दिक धन्यवाद : प्रधानमन्त्री

स्थानीय तह र जनप्रतिनिधिलाई हार्दिक धन्यवाद : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले कोरोना महामारीको बेला सक्रियतापुर्वक खटेका स्थानीय तहका जनप्रतिनिधिहरूलाई धन्यवाद दिएका छन् । बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले विपदको बेला जनप्रतिनिधिहरूले खेलेको भूमिका सराहनीय भएको उल्लेख गरे ।

महिनाैंदेखि दुख र कष्टका साथ खटेका जनप्रतिनिधिहरूको गुन मान्नुकाे सट्टा उल्टै बदनाम गरिएकोप्रति उनले गुनासो व्यक्त गरे । ‘कदर गर्नु, प्रशंसा गर्नु त कता हो कता । उनीहरूको कामप्रति अफवाह फैलाउने काम गरियो,’ उनले भने, ‘क्वारेन्टिन बनाउन र व्यवस्थापन गर्न जनप्रतिनिधिहरूले खेलेको भूमिका प्रशंसनीय छ ।’

प्रकाशित समय १४:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु