गृहपृष्ठ करिम बेन्जिमा चम्किँदा रियलको सहज जित

करिम बेन्जिमा चम्किँदा रियलको सहज जित

करिम बेन्जिमा चम्किएपछि स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा गोल गर्दै रियलले ३-० को नतिजा निकालेको हो ।

बेन्जिमाले ६१औं मिनेटमा ईडेन हजार्डको पास सदुपयोग गर्दै रियललाई अग्रता दिलाए । मार्को एसेन्सियोले ७४औं मिनेटमा रियलको अग्रता दोब्बर भयो । ८६औं मिनेटमा बेन्जिमाले भलीमार्फत उत्कृष्ट व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई सहज जित दिलाए ।

जितसँगै रियलले शिर्ष स्थानको बार्सिलोनामाथि दबाव कायम राखेको छ । रियलले २९ खेलबाट ६२ अंक जोडेको छ । बार्सिलोना मात्र दुई अंकले रियलभन्दा अगाडि छ । भ्यालेन्सिया ४३ अंकसहित आठौं स्थानमा रहेको छ ।

प्रकाशित समय १०:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु