गृहपृष्ठ थप ६२९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्यो
थप ६२९ जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १०,७२८ पुग्यो
अहिलेसम्म २ हजार ३३८ जना कोरोनामुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाभित्र ६२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितमध्ये ११० जना महिला र ५१९ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
२४ घण्टायता डिस्चार्ज हुनेको संख्या १ सय १४ रहेको छ । नेपालमा कोरोनाभाइरस मुक्त भएर घर फर्किनेको संख्या २ हजार ३ सय ३८ जना पुगेको छ । पछिल्लो अवधिमा पीसीआर विधिबाट ६ हजार ८ सय २८ र आरडीटी विधिबाट १२ हजार १ सय १२ जनाको कोरोना परीक्षण गरिएको छ ।
अहिलेसम्म पीसीआर परीक्षणको संख्या १ लाख ९३ हजार १ सय ९४ पुगेको छ । आरडीटी विधिबाट २ लाख ८३ हजार ६ सय ९६ जनाको परीक्षण भएको छ । देशका विभिन्न अस्पतालमा ८ हजार ३ सय ६६ जना उपचाररत रहेका छन् । क्वारेन्टिनमा ७८ हजार ६ सय ३९ जना रहेका छन् ।
नेपालमा कोरोनाभाइरस संक्रमित फेला परेका जिल्लाको संख्या ७६ छ । बागमती प्रदेशको रसुवा बाहेकका सबै जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।कोरोनाबाट अहिलेसम्म नेपालमा २४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:२७ बजे

















