गृहपृष्ठ कर्णाली प्रदेश अस्पतालका नौ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सबै सेवा बन्द
कर्णाली प्रदेश अस्पतालका नौ स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सबै सेवा बन्द
कर्णाली प्रदेश अस्पताल सुर्खेतका नौ जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ । दुई जना चिकित्सकसहित नौ जनामा कोरोना पोजेटिभ देखिएपछि अस्पताल नै बन्द गरिएको हो ।
अस्पताल प्रशासनले बिहीबार प्रेस विज्ञप्ति निकाल्दै सबै सेवा बन्द गरेको जानकारी दिएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतका प्रमुख डा. डम्बर खड्काका अनुसार यसअघि ६ जना स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएकोमा बुधबार दुई जना चिकित्सकसहित तीन जनामा कोरोना पोजेटिभ देखिएपछि सेवा बन्द गरिएको हो ।
प्रकाशित समय २०:२० बजे

















