गृहपृष्ठ नेपालमा भित्रियो सलह किरा

नेपालमा भित्रियो सलह किरा

नेपालमा सलह किरा भित्रिएको छ । भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह किराका समूह देखिएको हो ।

सलह किरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयलाई पनि जानकारी भइसकेको छ । स्थानीयका अनुसार बारा जीतपुर, सिमरा नगरपालिका, निजगढ नगरपालिकामामा सलह देखिएका छन् । सलह किरा नेपाल प्रवेश गरेकोबारे सूचना आए पनि यसको पुष्टि भइनसकेको कृषि मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा सलह प्रवेश गर्न सक्ने भन्दै मन्त्रालयले प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुखको अध्यक्षतामा कृषि वैज्ञानिक र प्राविधिकहरु सम्मिलित समिति गठन गरेको थियो । अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह किरा नेपालमा पनि आएको हो ।

प्रकाशित समय १४:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु