गृहपृष्ठ रसुवामा ९ जना संक्रमित भेटिए, नेपालका सबै जिल्लामा फैलियो कोरोना

रसुवामा ९ जना संक्रमित भेटिए, नेपालका सबै जिल्लामा फैलियो कोरोना

नेपालका ७७ जिल्लामै कोरोनाभाइरस संक्रमण पुगेको छ । बाँकी रहेको रसुवामा शनिबार पहिलोपटक ९ जना संक्रमित भेटिएको हो । यसअघि पछिल्लोपटक ओखलढुंगा, मुस्ताङ र मनाङमा संक्रमण फेला परेको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवामा ८ महिला र १ पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो । रसुवामा पनि कोरोना संक्रमित भेटिएसँगै देशका सबै जिल्लामा संक्रमण फेला परेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०९ पुगेको छ । गएको २४ घण्टामा मात्रै ५५४ जनामा संक्रमण देखिएको हो । संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज हुनेको संख्या दुई हजार ८३४ पुगेको छ । गएको २४ घण्टामा मात्रै १३६ जना डिस्चार्ज भएका छन् ।

कोरोनाका कारण २८ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रकाशित समय १७:५६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु