गृहपृष्ठ कोरोनाबाट ललितपुरमा एकजनाको मृत्यु, मृतक संख्या २९ पुग्यो
कोरोनाबाट ललितपुरमा एकजनाको मृत्यु, मृतक संख्या २९ पुग्यो
फाइल तस्बिर ।
ललितपुरको स्टार अस्पतालमा उपचाररत एकजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । रौतहटका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
दमका बिरामी रहेका ती पुरुषलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको अस्पतालले बताएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।
प्रकाशित समय १२:१२ बजे

















