गृहपृष्ठ थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो
थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार नाघेको छ । एकै दिनमा ४८२ जनामा संक्रमण देखिएपछि संक्रमितको संख्या १४ हजार ४६ पुगेको हो ।
त्यस्तै ज्यान गुमाउनेको संख्या पनि ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बुधबार थप एक जनाको ज्यान गएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार बुधबार चार हजार ८८६ जनाको पीसीआर परीक्षण गरिएको हो ।
त्यस्तै बुधबार मात्रै एक हजार ४६२ जना संक्रमित डिस्चार्ज भएका छन् । अहिलेसम्म चार हजार ६५६ जना उपचारपछि घर फर्किएका छन् ।
प्रकाशित समय १६:४१ बजे

















