गृहपृष्ठ आइसीएफसीको २ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

आइसीएफसीको २ लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

आइसीएफसी फाइनान्स लिमिटेडको २ लाख कित्ता ऋणपत्र मंगलबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २ लाख थान १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ सूचीकरण गर्ने सम्झौता भएको हो ।

नेप्से र आइसीएफसी फाइनान्सबीच भएको सम्झौता पत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिं साउद र आइसीएफसी फाइनान्सको सीइओ सुनिल पन्तले सूचीकरण गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

आइसीएफसी फाइनान्सले सर्वसाधारणसमक्ष ग्लोबल आईएमई क्यापिटल लिमिटेडमार्फत् २ लाख थान १२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३ खुल्ला विक्री आव्हान गरेको थियो । यसरी सर्वसाधारणमा वितरण गरिएको २ लाख थान ऋणपत्र वितरण भई नेप्सेमा सूचीकरण भएको छ ।

प्रकाशित समय १६:५५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु