गृहपृष्ठ सरकारको कोरोना कोषमा दुई अर्ब ३६ करोड रुपैयाँ संकलन

सरकारको कोरोना कोषमा दुई अर्ब ३६ करोड रुपैयाँ संकलन

Prime-Minister-and-Council-Minister-newskarobar

कोरोना भाइरसबाट हुने कोभिड १९ रोकथाम एवं नियन्त्रणका लागि सरकारले गठन गरेको कोरोनाभाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण कोषमा विभिन्न संस्था तथा व्यक्तिहरुले दुई अर्ब ३६ करोडभन्दा बढी रुपैयाँ गरेका छन् । कोरोना कोषमा असार १६ गतेसम्म दुई अर्ब ३६ करोड ४३ लाख ४४ हजार ५३४ रुपैयाँ ९१ पैसा जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

कोरोना कोष स्थापना भएयता अहिलेसम्म ४०१ विभिन्न संस्था तथा व्यक्तिहरुले सहयोग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार असार १६ गते मात्रै एक करोड ३१ लाख ३५ हजार ३६४ रुपैयाँ विभिनन संस्था तथा व्यक्तिले जम्मा गरेका छन् ।

प्रकाशित समय २०:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु