गृहपृष्ठ गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या १,०६३ पुग्यो

गण्डकी प्रदेशमा कोराना संक्रमितको संख्या १,०६३ पुग्यो

गण्डकी प्रदेशमा शुक्रबार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवन गरिएको परक्षणमा थप ३२ जना संक्रमितसहित गण्डकी प्रदेशमा कोराना संक्रमितको सख्या १ हजार ६३ पुगेको छ ।

गण्डकी प्रदेशका चार जिल्ला नवलपरासीमा १९, तनहुँमा ९, पर्वतमा ३ र बागलुङमा ३ जनामा कोराना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष उमेर समूहका ११ जना पुरुषमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही नगरपालिकाकै २३, २६ र ४० वर्षका ३ जना महिलामा पनि कोरोना संक्रमण भेटिएको छ । नवलपरासीकै मध्यविन्दु नगरपालिकाका १० देखि ३३ वर्ष उमेर समूहका ४ पुरुष र ३० वर्षीय महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै तनहुँ भिमाद नगरपालिकाका २२ र २४ वर्षको दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै ऋषिङ गाउँपालिकाको २३ देखि ४७ वर्ष उमेर समूहका ७ जना पुरुषमा कोरोना पुष्टि भएको छ । पर्वतको बिहादी, पैयुँ र फलेबास नगरपालिकामा २९, १८ र ३४ वर्षका ३ पुरुषमा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । बागलुङको जैमिनी नगरपालिकामा पनि २१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा हालसम्म २९६ जना निको भएर घर फर्केका छन् भने स्याङ्जाका २ जनाको मृत्यु भएको छ ।

प्रकाशित समय १३:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु