गृहपृष्ठ तीन दिन चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
तीन दिन चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
जल तथा मौसम विज्ञान विभागले मंगलबारदेखि बिहीबासम्म चट्याङसहित वर्षाको सम्भावना रहेको बताएको छ । विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले केही स्थानमा भारी वर्षा पनि हुनेछ ।
मंगलबार देशका धेरैजसो स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा प्रदेश १, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति पनि भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै बुधबार सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेश तथा प्रदेश १ का केही स्थानमा भारी वर्षा हुनेछ । राति मुलुकका धेरै स्थानहरुमा भारी वर्षा हुने महाशाखाको अनुमान छ । बिहीबार राति देशभर विभिन्न स्थानमा भारी वर्षाको सम्भावना छ । महाशाखाले भारी वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।
प्रकाशित समय ०९:०९ बजे

















