गृहपृष्ठ सिरहामा मास्क नलगाई हिँड्ने ६४ जना कारबाहीमा
सिरहामा मास्क नलगाई हिँड्ने ६४ जना कारबाहीमा
मास्क नलगाई हिँड्ने ६४ जनालाई मंगलबार सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ । लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
कोभिड १९ संक्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारीसाधन वा पैदल हिँड्दा अनिवार्य रूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालन गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी संक्रमण रोग ऐन २०२० अनुसार कारबाही सुरु गरिएको प्रहरी नायब उपरीक्षक घिमिरेले बताए ।
पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले जानकारी दिए ।
प्रकाशित समय ११:५१ बजे

















