गृहपृष्ठ सुदूरपश्चिम सरकारलाई ग्लोबल आइएमई बैंकको २० लाख सहयोग

सुदूरपश्चिम सरकारलाई ग्लोबल आइएमई बैंकको २० लाख सहयोग

ग्लोबल आइएमई बैंकले सुदूरपश्चिम प्रदेश सरकारलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । बैंकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारलाई सो रकम सहयोग गरेको हो ।

एक कार्यक्रमका बीच बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालय प्रमुख मुकुन्दप्रसाद भट्टले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई चेक हस्तान्तरण गरेका छन् । कार्यक्रममा मुख्यमन्त्री भट्टले कोराना रोकथामका लागि निजी क्षेत्रबाट सबैभन्दा ठूलो सहयोग प्रदान गरेको भन्दै बैंकलाई धन्यवाद दिए । कोभिड १९ ले विश्व समुदायलाई त्रसित बनाइरहेका बेला नेपाल र नेपाली उच्च जोखिममा रहेको घडीमा बैंकले गरेको सहयोगबाट भाइरसविरुद्व लड्न ऊर्जा मिल्ने उनको विश्वास छ ।

बैंकले स्थापनाकालदेखि नै दैवी तथा अन्य विपत्तिको अवस्थामा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग गर्दै आएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, भूमि व्यवस्थापन कृषि तथा सहकारीमन्त्री विनिता चौधरीलगायत प्रदेश सांसदहरूको उपस्थिति थियो ।

प्रकाशित समय ११:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु