गृहपृष्ठ बाह्रबिसे पहिरो : मृतक २ को सनाखत, बेपत्ता २० जनाको पहिचान (नामावलीसहित)
बाह्रबिसे पहिरो : मृतक २ को सनाखत, बेपत्ता २० जनाको पहिचान (नामावलीसहित)
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका- ५, जम्बुको पहिरोमा परी मृत्यु भएका दुई जनाकै सनाखत भएको छ । त्यसैगरी बेपत्ता हुने २० जनाको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।
बुधबार राति गएको पहिरोमा परी २५ वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
डएसपी काफ्लेका अनुसार पहिरोमा बेपत्ता हुनेमा बाह्रबिसेका भीमबहादुर वाइबा, चिनिमाया वाइबा, लीलामाया वाइबा, पासाङ डोल्मा वाइबा, निमा डोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा र सविना तामाङ रहेका छन् । यस्तै, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ पनि पहिरोमा हराइरहेका छन् ।
भोटेकोसी गाउँपालिकाका वुर्कुटेका निमादोर्जे तामङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङसमेत पहिरोमा परी बेपत्ता भएका छन् ।
प्रकाशित समय १५:११ बजे

















