गृहपृष्ठ अमेरिकामा एकै दिन थपिए ६१ हजारभन्दा बढी कोरोना संक्रमित
अमेरिकामा एकै दिन थपिए ६१ हजारभन्दा बढी कोरोना संक्रमित
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा संक्रमितको संख्या अहिलेसम्मकै उच्च देखिएको छ ।
अमेरिकामा गएको २४ घण्टामा मात्रै ६१ हजारभन्दा बढी संक्रमित थपिएपछि कुल संक्रमितको संख्या ३२ लाख १९ हजार ९९९ पुगेको हो ।
त्यस्तै अहिलेसम्म अमेरिकामा ज्यान गुमाउनेको संख्या एक लाख ३५ हजार नाघेको छ । एकै दिनमा मात्रै ९६० जनाको ज्यान गएपछि मृतकको संख्या एक लाख ३५ हजार ८२२ जनाको ज्यान गएको छ ।
त्यस्तै १४ लाख २६ हजार जना उपचारपछि घर फर्किएका छन् भने १६ लाख ५७ हजार ७४९ जनाको उपचार भइरहेको छ । त्यस्तै १५ हजार ६४५ जना संक्रमितको अवस्था चिन्ताजनक रहेको वर्ल्डोमिटरको तथ्यांकले देखाएको छ ।
प्रकाशित समय ०९:५७ बजे

















