गृहपृष्ठ आत्महत्याका भिडियो शेयर गर्नेमाथि कारबाही हुने
आत्महत्याका भिडियो शेयर गर्नेमाथि कारबाही हुने
नेपाल प्रहरीको साइबर ब्युरोले पछिल्ला दिनमा फेसबुकमा लाइभ स्ट्रिमिङ गरेर आमहत्या गर्ने क्रम बढेको भन्दै त्यसरी कसैले लाभइ स्ट्रिमिङ गर्न लागेमा तत्काल प्रहरीलाई खबर गर्न अपिल गरेको छ ।
समयमै सूचना प्राप्त भएको अवस्थामा सामाजिक सञ्जाललगायत अन्य व्यक्ति र निकायसँगको समन्वय, सहयोग र सामूहिक प्रयासमा त्यस्ता व्यक्तिको उद्धार गरि जीवन रक्षा गर्न सकिएको भन्दै ब्युरोले तत्काल सूचना दिन भनेको हो ।
ब्युरोले यसरी लाइभ स्ट्रिमिङ गरि आत्महत्या गरिएका भिडियो सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलमा अपलोड गर्ने, शेयर गर्ने, प्रतिक्रिया जनाउने काम भइरहेको भन्दै त्यो कानुनी रूपमा दण्डनीय भएको बताएको छ ।
‘यस्ता किसिमका कार्यहरू सार्वजनिक नैतिकता एवं शिष्टाचारविरुद्ध हुने, समाज घृणा वा द्वैष फैलाउने, साथै नेपालमा मानसिक पीडामा रहेका व्यक्तिहरूलाई आत्महत्या गर्न दुरुत्साहन गर्ने भएकाले नेपालको प्रचलित कानुनबमोजिम दण्डनीय भएकाले त्यस्ता कार्यहरू कसैले पनि नगर्न नगराउन अनुरोध छ,’ ब्युरोले भनेको छ ।
प्रकाशित समय १८:२० बजे

















