गृहपृष्ठ अमेरिकामा अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए ७१ हजारभन्दा बढी संक्रमित

अमेरिकामा अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए ७१ हजारभन्दा बढी संक्रमित

कोभिड १९ को सबैभन्दा बढी संक्रमण भएको मुलुक अमेरिकामा संक्रमितको संख्या बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ७१ हजार ७८७ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३२ लाख ९१ हजार ७८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

अहिलेसम्म अमेरिकामा एक लाख ३६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै ८४९ जनाको ज्यान गएपछि मृतकको संख्या एक लाख ३६ हजार ६७१ पुगेको छ ।

त्यस्तै १४ लाख ६० हजार ४९५ जना उपचारपछि घर फर्किएका छन् भने १७ लाख ९४ हजार ६२० जनाको उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये पनि १५ हजार ७७७ जना संक्रमितको अवस्था चिन्ताजनक रहेको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।

प्रकाशित समय ०८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु