गृहपृष्ठ कर्णाली प्रदेशसभाका प्रतिपक्षी सांसद शाहीलाई कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशसभाका प्रतिपक्षी सांसद शाहीलाई कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही कोरोनाभाइरसबाट संक्रमित भएका छन् । सोमबार सांसद शाहीको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले पुष्टि गरे । डा. तिवारीका अनुसार सांसद शाहीको सम्पर्कमा आएका प्रदेशसभा सदस्य, पत्रकार तथा परिवारका सदस्यहरूको खोजी गरी स्वाब संकलनको तयारी भइरहेको छ ।

हुम्लाबाट निर्वाचित सांसद शाही प्रदेशसभा बैठकमा अत्यन्त सक्रिय रहेको र पत्रकारहरूसँग निरन्तर सम्पर्कमा रहने नेता हुन् ।

प्रकाशित समय १४:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु