गृहपृष्ठ झोलामा पेस्तोल बोकेर मोटरसाइकलमा सवार विप्लव कार्यकर्ता श्रीमतीसहित पक्राउ

झोलामा पेस्तोल बोकेर मोटरसाइकलमा सवार विप्लव कार्यकर्ता श्रीमतीसहित पक्राउ

प्रहरी कार्यालयमा सार्वजनिक गरिएका विप्लव कार्यकर्ताद्वय ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती-महाकाली इन्चार्ज ओमप्रकाश पुनको साथबाट कटुवा पेस्तोलसमेत भएको छ । पुनले बोकेको झोलाबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी प्रतीक विष्टका अनुसार पक्राउ परेका पुन झोलभित्र पेस्तोल बोकेर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा पक्राउ परेका हुन् । पुनसँगै मोटरसाइकलमा सवार अखिल नेपाल महिला संगठन (क्रान्तिकारी)की सेती-महाकाली ब्युरो इन्चार्ज तथा उनकी श्रीमती पूर्णिमा भन्‍ने गौरा धामीलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू बुधबार बिहान धनगढी उपमहानगरपालिका- ७ बाट पक्राउ परेका थिए । धनगढीमा एकजना बिरामी आफन्तलाई भेट्न गएको अवस्थामा उनीहरूलाई प्रहरीले लखेटी-लखेटी गिरफ्तार  गरेको विप्लव नेकपाको दावी छ ।

प्रकाशित समय १५:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु