गृहपृष्ठ आइएमईबाट बैंक खातामा रकम पठाउँदा अब झनै सजिलो

आइएमईबाट बैंक खातामा रकम पठाउँदा अब झनै सजिलो

आइएमईमार्फत सोझै बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने भएको छ । अब देश विदेशमा रहेका सेवाग्राहीहरुले नेपालमा अवस्थित ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरुमा डिपोजिट गरी यो सेवा सजिलैसँग लिन सक्नेछन् ।

पैसा पठाउन छिटो र विश्वासिलो माध्यमको रुपमा परिचित आइएमईको सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै उच्चतम सेवा प्रदान गर्ने यो अर्को महत्त्वपूर्ण कदम हो । यो सेवा विश्वका २०० भन्दा बढी देशहरुमा आवस्थित व्यवसायिक साझेदारहरु (एजेन्ट पार्टनर)मार्फतसमेत उपलब्ध हुनेछ । विभिन्न बैंकका खाता तथा मोबाइल वालेटमा पनि यो सेवा उपलब्ध हुनेछ ।

प्रकाशित समय १४:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु