गृहपृष्ठ भारतमा एकैदिन थपिए ६१४ जना मृतक
भारतमा एकैदिन थपिए ६१४ जना मृतक
भारतमा पछिल्लो २४ घण्टाको अवधिमा ६१४ जना कोरोना संक्रमितको ज्यान गएको छ । अहिलेसम्म भारतमा मृत्यु हुनेको संख्या २४ हजार ९२९ पुगेको हो ।
पछिल्लो २४ घण्टामा भारतमा ३२ हजार ६८२ जना नयाँ संक्रमित देखिएका छन् । हालसम्म संक्रमितको संख्या ९ लाख ७० हजार १६९ जना पुगेको छ । भाइरसबाट भारतमा हालसम्म ६ लाख १३ हजार ७३५ जना निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित समय ११:१५ बजे

















