गृहपृष्ठ तातोपानी भन्सारबाट एक अर्ब ६० करोड रूपैयाँ राजस्व संकलन
तातोपानी भन्सारबाट एक अर्ब ६० करोड रूपैयाँ राजस्व संकलन
फाइल तस्बिर ।
नेपाल–चीनको उत्तरी नाका तातोपानी भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड ६५ लाख ५८ हजार ९७९ रुपैयाँ राजस्व संकलन भएको छ ।
सो आर्थिक वर्षमा राजस्व संकलन गर्न वार्षिक लक्ष्य नतोकिएको हुँदा उक्त राजस्व भन्सार महशुल, मूल्य अभिवृद्धि कर कृषि सुधार तथा सडक सुधार शुल्कलगायत शीर्षकमा संकलन भएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
कोरोना भाइरस संकमण फैलिएपछि सो नाका पनि २०७६ माघ १६ गतेदेखि बन्द भई चैत २६ गते मात्र पुनः सुचारु भएको थियो । सो नाका भएर चीनबाट औषधि तथा औषधिजन्य सामग्री, फलफूल, विद्युतीय सामान, तयारी पोशाक तथा जुत्तालगायत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ ।
प्रकाशित समय ०७:१९ बजे

















