गृहपृष्ठ अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए दुई लाख ६० हजार कोरोना संक्रमित
अहिलेसम्मकै उच्च संक्रमण, एकै दिन थपिए दुई लाख ६० हजार कोरोना संक्रमित
विश्वभर ७२ लाख ७८ हजार कोरोना संक्रमित डिस्चार्ज, पाँच लाख ९२ हजारको मृत्यु
विश्वभर एकै दिनमा दुई लाख ६० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार अहिलेसम्म विश्वभर एक करोड ३९ लाख ४९ हजार ३८५ व्यक्तिमा कोरोना संक्रमण देखिएको हो ।
वर्ल्डोमिटरको तथ्यांकअनुसार विश्वभर ज्यान गुमाउनेको संख्या पनि बढ्दै गएको छ । गएको २४ घण्टामा मात्रै ६ हजार ४ सयभन्दा बढी व्यक्तिको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या पाँच लाख ९२ हजार ६९० पुगेको हो ।
त्यस्तै कुल कोरोना संक्रमित ७२ लाख ७८ हजारभन्दा बढी व्यक्ति उपचारपछि घर फर्किएका छन् । एकै दिनमा हजारौंको संख्यामा डिस्चार्ज भएपछि घर फर्किनेको संख्या ८२ लाख ७८ हजार ९७४ पुगेको हो भने ५० लाख ७७ हजार ७२१ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये पनि करिब ६० हजारको हाराहारीमा गम्भीर बिरामी देखिएका छन् ।
सबैभन्दा बढी प्रकोप फैलिएको अमेरिकामा कोरोना संक्रमितको संख्या ३६ लाख नाघेको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा ७३ हजार ३८८ जनामा संक्रमण देखिएपछि कुल संक्रमितको संख्या ३६ लाख ९५ हजार २५ पुगेको हो । त्यस्तै ज्यान गुमाउनेको संख्या पनि एक लाख ४१ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै ९६३ जनाको ज्यान गएको अमेरिकी स्वास्थ्य विभागले जनाएको छ ।
अहिलेसम्म १६ लाख ७९ हजारको उपचार भइसकेको छ भने १८ लाख ७४ हजारको उपचार भइरहेको जनाएको छ । उपचाररतमध्ये पनि अमेरिकामा १६ हजार ४५२ जनाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
प्रकाशित समय १०:०९ बजे

















