गृहपृष्ठ ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन लर्निङ फेस्टिबलको आवेदन आह्वान

ग्लोकल आफ्टर स्कुलद्वारा अनलाइन लर्निङ फेस्टिबलको आवेदन आह्वान

एसईई विद्यार्थीलाई लक्षित गरी ग्लोकल आफ्टर स्कुलले अनलाइन लर्निङ फेस्टिबल २०२० सुरु गर्ने भएको छ । काठमाडौं वर्ल्ड स्कुलको सहयोगमा आयोजनामा गर्न लागिएको फेस्टिबल एक हप्ता चल्नेछ ।

कार्यक्रमको उद्देश्य सबै एसईई विद्यार्थीलाई एक छाताअन्तर्गत एकीकृत गरी उनीहरूमा उत्साह, रचनात्मकता र ऊर्जा उत्थानका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु हो । फेस्टिबलमा किशोरकिशोरीले निःशुल्क भाग लिन पाउनेछन् ।

फेस्टिबलअन्तर्गत उनीहरुले विभिन्न सीपमा आधारित कार्यशाला, प्रतियोगिता, करियर मार्गदर्शन सत्र, इन्स्पिरेसनल फिल्म स्क्रिनिङ डिस्कसन जस्ता विभिन्न गतिविधिमा सहभागी हुन सक्नेछन् । कार्यक्रम जुलाई २९ गते सुरु हुनेछ । प्रतियोगिताका विजेताहरुको घोषणा सँगै अगस्ट ३ तारिकका दिन समापन हुनेछ । सहभागिताका लागि आवेदन भने २० जुलाई २०२० बाटै सुरु भएको छ ।

प्रतियोगिताका विजेताले नगद पुरस्कारका साथै कक्षा ११ र १२ मा ७५ प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित समय १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु