गृहपृष्ठ परीक्षा सञ्चालन र विद्यार्थी भर्ना भदौ १ गतेबाट
परीक्षा सञ्चालन र विद्यार्थी भर्ना भदौ १ गतेबाट
फाइल तस्बिर
नोवेल कोरोनाभाइरस (कोभिड १९) महामारीका कारण स्थगित विद्यार्थी भर्ना र परीक्षा भदौ १ गतेदेखि सञ्चालन गर्न पाइने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ गर्न दिने निर्णय गरेको हो ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री डा. युवराज खतिवडाका अनुसार यसरी भर्ना र परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड भने अनिवार्य पालना गर्नुपर्नेछ । विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र जस्ता शैक्षिक संस्था भने अर्को सूचना प्रकाशित नभएसम्म खोल्न नपाइने मन्त्रिपरिषद् बैठकको निर्णय छ ।
प्रकाशित समय २१:०३ बजे

















