गृहपृष्ठ संक्रमितको संख्या १८ हजार नाघ्यो, कोरोनाबाट नेपालमा पहिलोपटक विदेशीको मृत्यु
संक्रमितको संख्या १८ हजार नाघ्यो, कोरोनाबाट नेपालमा पहिलोपटक विदेशीको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार नाघेको छ । गएको २४ घण्टामा मात्रै १०० जना नयाँ संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार अहिलेसम्म ४२ जनाको ज्यान गएको छ । गएको २४ घण्टामा मात्रै २ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा पहिलोपटक विदेशी नागरिकको कोरोनाबाट मृत्यु भएको छ । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि पोखराबाट काठमाडाैं ल्याइएकी ४८ वर्षीय चिनियाँ महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै डिस्चार्ज हुनेको संख्या पनि १२ हजार ६ सय नाघेको छ । एकै दिनमा मात्रै २०७ जना उपचारपछि घर फर्किएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म तीन लाख २७ हजार ६१४ जनाको पीसीआर परीक्षण गरिएको छ । गएको २४ घण्टामा मात्रै तीन हजार ७७९ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित समय १६:३३ बजे

















