गृहपृष्ठ विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु
विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु
प्राकृतिक विपदमा परी कर्णालीमा २५ जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार वैशाख १ गतेयता बाढीपहिरो, चट्याङ जस्ता विपदमा परी २५ जनाको मृत्यु हुनुका साथै २३ जना घाइते भएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाका अनुसार जाजरकोटमा १३, सल्यान र रुकुम पश्चिममा चार‑चार तथा कालीकोट र सुर्खेतमा दुई‑दुई जनाको मृत्यु भएको हो । यो अवधिमा कर्णालीमा २८४ वटा घरमा क्षति पुगेको छ । प्राकृतिक विपदका कारण यो अवधिमा ६ करोड ६५ लाख ५३ हजार ७९० रुपैयाँबराबरको भौतिक सम्पत्ति क्षति भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रकाशित समय १९:३० बजे

















