गृहपृष्ठ विपदबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप २ लाख दिने सरकारको निर्णय

विपदबाट ज्यान गुमाएका परिवारलाई राहत स्वरुप २ लाख दिने सरकारको निर्णय

home-ministry-griha-mantralaya

सरकारले प्राकृतिक विपदमा परी ज्यान गुमाएकाहरूका परिवारलाई राहत स्वरुप दुई लाख रुपैयाँ दिने भएको छ । सरकारले विपदबाट ज्यान गुमाएका परिवारलाई राहत दिन गरी प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको हो ।

यसअघि विपदबाट ज्यान गुमाएकाहरूका परिवारलाई एक लाख दिइँदै आएको थियो । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि संशोधन गरी २ लाख बनाएको हो । एक परिवारमा अन्यको मृत्यु भए परिवारले थप एक लाख रुपैयाँ राहत दिइने जनाइएको छ ।

प्रकाशित समय १९:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु