गृहपृष्ठ कारागारमुक्त भए सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला
कारागारमुक्त भए सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला
सजाय घटेपछि कारागारमुक्त हुँदै कोइराला ।
श्रीमतीको हत्यामा दोषी ठहर भइ जेल सजाय भुक्तान गरी सशस्त्र प्रहरीका पूर्वडीआइजी रञ्जन कोइराला कारागारमुक्त छन् । उनी बिहीबार बिहान डिल्लीबजार कारागारबाट रिहा भएका हुन् ।
सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय घटाएर साढे ८ वर्ष ६ महिना मात्र कायम गरेपछि कोइराला कारागारबाट छुटेका हुन् । २०६८ साल माघमा काठमाडौंस्थित घरमा श्रीमतीको हत्या गरेपछि कोइरालाले शव गाडीमा राखेर मकवानपुर पर्याइ जलाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहितको इजलासले कोइरालाको सर्वस्वसहितको जन्मकैद सजाय घटाएको हो ।
प्रकाशित समय १२:४८ बजे

















